भोट हालेरै मिस वर्ल्ड शृृङ्खलाले जित्दिनन् , यस्तो छ पूर्ण यथार्थ

  • प्रकाशित मितिः मंसिर, 13, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / मिस नेपाल शृृङ्खला खतिवडा यतिबेला मिस वल्र्डका लागी चिन पुगेकी छिन् । उनलाई जिताउन यतिबेला अनलाईन भोट गर्नेहरुको संख्या पनि बढिरहेको छ । तर भोटका वास्तविकता भने अर्कै रहेको छ ।

सम्पुर्ण नेपालीले जिताउन उनलाई भोट गरे तापनि भोटले मात्र उनले मिस वल्र्ड जित्न भने सम्भव छैन । हामीले गरेको भोटले फास्ट ट्रयाक मार्फत टप ३० मा पुर्याउन मात्र उनलाई सहयोग गर्नेछ । टप ३० मा पुगेपछि भने उनी आफैले मेहेनत गरेर मिस वल्र्डको ताज नेपाल ल्याउन सक्नेछिन् ।

कसरी पुगिन्छ टप ३० मा ?
१.टप ३० मा पुग्नको लागी एउटा उपाय हेड टु हेड च्यालेन्जबाट छानिनु हो । यसबाट १० जनालाई टप ३० मा पुर्याइन्छ ।

२.मल्टिमिडिया अवार्ड जितेर पनि उनी टप ३० मा पुग्न सक्छिन् । यसका लागी फेसबुक, मोबस्टार एप, आधिकारिक वेबसाइटबाट भोट गर्न सकिन्छ । सबैभन्दा बढी भोट पाउने एकजना यो अवार्ड जितेर टप ३० मा पुग्न सक्दछ ।

३.टप मोडल जितेर पनि टप ३० मा पुग्न सकिन्छ । तर अब नेपालका लागी भने यो सम्भव छैन किनभने मिस फ्रान्स टप मोडल जितेर टप ३० मा प्रवेश गरिसकेकी छिन् ।

४.ट्यालेन्ट उपाधि जितेर पनि टप ३० मा प्रवेश गर्न सकिन्छ जुन मिस जापानले जितिसकेकी छिन् ।

त्यस्तै स्पोर्टस, पिपल्स च्वाइस अवार्ड र ब्युटी विद् अ पर्पोज अवार्ड जितेर पनि टप ३० मा पुग्न सकिन्छ। यस बाहेक हेड टु हेडमा जजले छानेर पनि टप ३० मा पुर्‍याउन सक्छन्।

शृङ्खला खतिवडा सेमिफाइनलमा पुगिन् भन्ने समाचारहरु पनि आएका थिए । उनी टप मोडल प्रतिस्पर्धामा मात्र पुगेकी हुुन् मिस वल्र्डकोे सेमिफाइनलमा होइन ।


टप ३० मा प्रवेश गरेका सुन्दरीहरु बाट टप १२ मा छानिन्छन्। त्यसपछि टप ५ का लागी प्रतिस्पर्धा हुन्छ । टप ५ बाट नै एक जनाले मिस वर्ल्ड उपाधि, अर्कोले फर्स्ट रनर अप र अर्कोले सेकेन्ड रनर अप उपाधि जित्नेछन् ।

त्यसैले नेपालकी शृङ्खला खतिवडालाई टप ३० मा सबैभन्दा बढी भोटको आवश्यकता परेको छ । तर भोट गरेरै उनले मिस वल्र्ड ताज पाउने भने होइनन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved