निखिलको कमब्याक : आफ्नै कथामा ‘भैरव’ को सिक्वेल

  • प्रकाशित मितिः मंसिर, 11, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / एक्सन सुपरस्टार निखिल उप्रेती धमाकेदार कमब्याक फिल्म 'भैरव' को सिक्वेल बनाउने तयारीमा जुटेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि उनी पर्दामा फर्किएका छैनन् ।

भैरवको रिलिजको समयमा नै उनले उक्त फिल्मको सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिए । तर, कथावस्तु सोचेअनुसार नभेटेको भन्दै उनले सिक्वेलका लागि हतार नगरेको बताएका थिए । अहिले उनी स्वयं कथा तयार पार्दैछन् ।

अभिनेत्री संचिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी लगभग ५ वर्ष नेपाली फिल्मबाट टाढा रहेका थिए । र, उनले 'भैरव' मार्फत निर्देशनमा डेब्यु र अभिनयमा कमब्याक गरेका थिए ।

फिल्मको निर्देशन उनी आँफैले गर्ने भएपनि अभिनय भने नगर्ने र नयाँ कलाकार लञ्च गर्ने उनको सोच रहेको खुलेको छ । फागुनबाट सुटिङ सुरु हुने फिल्मले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । निखिल अहिले स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । एक्सन फिल्ममा निकै रुचाएका उनको यस वर्षको पुष २७ गते नयाँ फिल्म 'भिलेन' रिलिज हुँदैछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved