अनमोलको ‘ए मेरो हजुर ३’ सँग ‘यात्रा’ भिड्दै

  • प्रकाशित मितिः मंसिर, 5, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / पछिल्लो समयका चर्चित नायक अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ ले पहिले नै तोकेको प्रदर्शन मितिमा अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म ‘यात्रा’ पनि लाग्ने भएको छ । यस वर्षको चैत २९ गते दुई फिल्म भिड्न लागेका हुन् । निर्माता केशव भट्टराईको जन्मदिनमा ‘यात्रा’ को रिलिज चैत २९ लाई घोषणा गरिएको हो ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्मको पोस्टर सार्वजनिक गर्दै मिति तय गरिएको हो । सलिनसँगै यस फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।

फिल्मको लगानीलाई मध्यनजर गर्दै प्रदर्शन मिती तोकिएको निर्माता भट्टराईले बताए । त्यस्तै निर्देशक सम्राट भने फिल्म एकदमै राम्रो र दर्शकले रुचाउने बनाइएको बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved