अष्ट्रेलियामा ‘जात्रै जात्रा’ ३५ लाखमा बिक्री

  • प्रकाशित मितिः कार्तिक, 28, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / गत शनिबार टिजर सार्वजनिक गरिएको फिल्म 'जात्रै जात्रा' राइट्स बिक्री भएको छ ।

विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्म फ्लोरबाटै अष्ट्रेलिया राइट्स बिक्री भएको छ । पप अप इन्टरटेन्मेन्टले ३५ लाखमा फिल्मको अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएको छ ।

२ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को सिक्वेल 'जात्रै जात्रा'को अहिले धमाधम छायांकन भइरहेको छ । गएको शनिबार मात्र फिल्मको टिजर सार्वजनिक भएको थियो । टिजरले नै धूम मच्चाएपछि विदेशमा फिल्मको डिमान्ड बढ्न थालेको छ ।

निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले अन्य देशहरुमा पनि फिल्मको प्रदर्र्शनलार्ई लिएर छलफल भइरहेको बताए । ब्राण्डहरुसँगको सहकार्य र विदेश राइट्सको बिक्री आँकलन हेर्दा छायांकन नसकिँदै फिल्म नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । यो फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved