‘दाल भात तरकारी’ मा स्वस्तिमालाई रिप्लेस गरिन् आँचलले

  • प्रकाशित मितिः कार्तिक, 26, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / मह संचारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’ मा स्वास्तिमालाई आँचलले रिप्लेस गर्ने भएकी छिन् ।

फिल्ममा सबैभन्दा पहिले अनुबन्धित भएकी नायिका स्वस्तिमा खड्काले समय अभावका कारण फिल्म गर्न नसक्ने भएपछि निर्माण टिमले आँचल शर्मालाई लिने भएको छ ।

मह ब्यानरको सहमतिमै समय अभावका कारण स्वास्तिमाले फिल्म छाडेको बताइएको छ ।

मह जोडीको फिल्ममा स्वस्तिमालाई रिप्लेस गरेर आँचलको प्रवेश हुनुले धेरै आश्चर्यमा पारेका छन् । किनकी, उनले यही टिमले निर्माण गरेको 'शत्रु गते'खेलेर पछुताएको बयान दिएकी थिइन् ।

उक्त फिल्म खेलेर जस आफूले नपाएको दुखेसो पोख्दै फिल्म 'ब्ल्याक' रिलिजको बखत उनले भनेकी थिइन्, 'अब हुलमुलका फिल्म गर्दिनँ । सोलो हिरोइन बने कमसेकम जस त पाइन्छ ।' 'शत्रु गतेु जस्तै ‘दाल भात तरकारी’ मा कलाकारको ठूलो भीड छ । यसबाट उनले जस लिन पाउँछिन् वा पाउँदिनन् ? त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

फिल्ममा आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved