मलेसियाले नेपाललाई दियो १०१ रनको लक्ष्य, सन्दिपले लिए पाँच विकेट

  • प्रकाशित मितिः आश्विन, 20, 2075
  • पहिलो किताब संवाददाता

मलेसिया / मलेसियामा जारी आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा नेपालले १०१ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउदैं १०० रन मात्र बनाउन सक्यो । आज मलेसियाका लागि मोहम्मद सरफिले ४९ रन बनाए भने अरु खेलाडीले राम्रो खेल्न सकेनन् ।

बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ विकेट लिन सफल भए ।

कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved