​इटहरीमा क्रिकेट प्रतियोगिता हुने

  • प्रकाशित मितिः आश्विन, 8, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी ग्रीनसिटी क्रिकेट क्लबको सहकार्यमा सेभ हुमन एन्ड हुमनिटीले इटहरीमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज २४ गतेदेखि कार्तिक १ गते सम्म हुने उक्त खेल टि–२० फर्मेटमा हुने बताइएको छ ।

खेलमा प्रथम तथा द्वितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रका साथै नगद पुरस्कार क्रमशः ५० र २५ हजार प्रदान गरिने कार्यक्रमका संयोजक आशिष कार्कीले जानकारी दिएका छन् ।

खेलका उत्कृष्ट बलर, बेस्ट ब्याट्सम्यान र मेन अफ द सिरिजलाई समेत ट्रफी र प्रमाणपत्र प्रदान गरीने जनाइएको छ ।

प्रतियोगिता अवधीभर आयोजकको निर्णय नै अन्तिम निर्णय हुने संयोजक कार्कीले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved