एशियन यू–१८ खेल्ने फुटबल टिमको बिदाई

  • प्रकाशित मितिः भदौ, 31, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / भारतको आगरमा असोज ४ गतेदेखि १४ गतेसम्म हुने यु–१८ च्याम्पियनसीपको ४६ औं एशियन स्कूल फुटबल खेल्ने खेलाडीलाई आइतबार विराटनगरमा बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहितले खेलाडीलाई शुभकामनासहित बिदाई गर्नु भएको हो ।  एक महिनासम्म विराटनगरमा बन्द प्रशिक्षणको रुपमा रहेको टिमको कप्तान दिनेश हेम्जनको नेतृत्वमा चारजना वैकल्पिकसहित २३ जनाको फुटबल टोलि छ ।

त्यस बाहेक प्रशिक्षक, व्यवस्थापक गरी २८ सदस्यीय टोलि भारत जाने भएको एन्फाका प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले जानकारी दिएका छन् । आठ राष्ट्र सहभागी हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ अन्तर्गत इण्डोनेसिया, चीन र थाइल्याण्डसँग मैदानमा उत्रने छ ।

नेपालले पहिलो खेल असोज ६ गते थाइल्याण्डसँग खेल्नेछ । त्यसपछि इण्डोनेशियासँग असोज ८ गते र चीनसँग असोज ९ गते खेल्ने प्रवक्ता राईले जानकारी दिएका छन । समूह विजेता र उप–बिजेता टिम सेमिफाइनलमा पुग्नेछन् । समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया श्रीलङ्का र भारत छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षक पासाङ तामाङ, गोलिकिपर प्रशिक्षक चक्र तामाङ, व्यवस्थापकमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी छन् ।

खेलाडीहरु सूर्यकुमार अधिकारी, विष्णुकुमार केसी, विशाल सुनार, नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसेहाङ आङदम्बे, सुरज ज्यू ठकुरी, अनिल महर्जन, दिनेश हेम्जन (कप्तान), बुद्धबल तामाङ, रितिक खड्का, अनुप गुरुङ, टिका गुरुङ, विकास खवास, नवीन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रणदिप पौड्याल, सञ्चित राईलाई एन्फाले छनौट गरेको छ ।

यसैगरी टोलिमा श्रवण लामा रेफ्री, प्रवेश भट्टराई फिजियोथेरापिस्ट, दिपेन्द्र तिवारी अफिसियल र किशोर बुढाथोकी पत्रकार समेत रहेका छन् । नेपालका लागि फुटबल खेल्नका लागि जाने टिमका कप्तान दिनेश र व्यवस्थापक रुपेश अधिकारीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली झण्डा हस्तान्तरण गर्दै बिदाई गरिएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved