​साफ च्याम्पियनसिपको उपाधी माल्दिभ्सलाई

  • प्रकाशित मितिः भदौ, 31, 2075
  • पहिलो किताब संवाददाता


इटहरी / साफ च्याम्पियनसिप फुटबलको उपाधी माल्दिभ्सले जितेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनल खेलमा माल्दिभ्सले भारतविरुद्ध २–१ को जित निकाल्दै उपाधी हात पारेको हो ।

६ पटकको साफ च्याम्पियनसिप फुटबलको उपाधी जितेको भारतलाई पराजित गर्न माल्दिभ्सका खेलाडी इब्राहिम मुहिदिन र अलि फासिरले १–१ गोल गरे ।
भारतका सुमित पासीले १ गोल फर्काएपनि हार टार्न सकेनन् । खेलको १९ औं मिनेटमा इब्राहिमको गोलबाट अग्रता बनाएको माल्दिभ्सले ५४ औं मिनेटमा अलिको गोलबाट अग्रता दोब्बर बनाएको थियो ।

थपिएको अतिरिक्त समयमा भारतले एक सान्त्वना गोल फर्काए पनि उपाधी उठाउन सकेन । माल्दिभसले दोस्रो पटक साफ च्याम्पियनसीपको उपाधी जितेको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved