बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

  • प्रकाशित मितिः भदौ, 23, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / वंगलादेशमा जारी साफ च्याम्पियन्ससिपमा समूह एको विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। वंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु स्टेडियममा शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा आयोजक राष्ट्र बंगलादेशलाई २–० ले पराजित गर्दै नेपाल सेमिफाईनलमा प्रवेश गरेको हो । जितसँगै नेपाल साफ च्याम्यिनसिपमा चौथो पटक दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटवल प्रतियोगिताको अन्तिम चार मा प्रवेश गरेको हो।

वंगलादेशसँगको खेलमा पहिलो हाफमा बंगलादेशविरुद्ध एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थप गर्दै विजय हासिल गरेको हो । पहिलो हापको ३३ औं मिनेटमा नेपालका लागि बिमल घर्तिमगरले झण्डै ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो।

प्रतियोगिताको दोस्रो हाफको ९० औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल गरेका थिए। जितसँगै समूह ए बाट नेपालसहित पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छने भने घरेलु टोली बंगलादेश र भुटान भने बाहिरिएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved