गणतन्त्र, लोकतन्त्र र संघीयतामाथि एकसाथ खतरा !

  • प्रकाशित मितिः माघ, 25, 2074
  • पहिलो किताब संवाददाता

गत पुष २६ गते बुधबारे एउटा श्याम–श्वेत् साप्ताहिकमा मधेशको ‘मसिहा’ (कि मर्शिया ?) भनेर चिनाउन रुचाउने राजेन्द्र महतोको चतुराई र कपटपूर्ण अन्तर्वार्ता आयो जसको खण्डन महतोका काउन्टरपार्ट विमलेन्द्र निधिजीलाई गर्न र तल्लोस्त्तरमा झरेर झूटफुसको कुरा गर्न समयपनि छैन ।

पहिलो महतोजीका अन्तर्वार्ताकै केही कुरा गरौं । महतोजीले मधेश आन्दोलनमा जनताको सहभागिता चुनावमा प्रकट भयो, जनसमर्थनको उम्मेदवारले आफूे जितेको हो, मधेशी जनताको आन्दोलनमा अन्धाधुन्ध गोली चलाएका (निधि)को हार भएको, संविधान संशोधनमा एमालेले जनमत अनुसार कोर्ष करेक्सन गर्नुपर्ने, एमालेसंग दुश्मनीविगतमा रहेको अब मधेश इस्यूमा एमाले रहेकाले कसैसंग हाम्रो शत्रुता नरहेको, प्रदेश तोक्ने काम कांग्रेसले गर्र्नुपनि पर्ने र कांग्रेसले सरकारपनि छोड्नुपर्ने जस्ता दोधारे भाषा, समानुपातिक सांसद मिलाउन महतोले स्याङ्गजाका नरमाया ढकाललाई रकम लिएर गरेकोलाई खस, आर्यलाई समेटेको भनेका तर मधेशी निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष विनोद सिंहको मामिलामा संगठनको भवन राजपालाई प्रयोग गर्न दिएवापत उनलाई सांसद बनाउने आश्वासन थियो तथा व्यक्तिले व्यक्तिलाई किटान गरेर यस्तो निर्णय हुन्छ भनी प्रश्न गरेको आरोप तथा बृजेशकुमार गुप्ता र हृद्देश त्रिपाठीले एमालेबाट जितेको लाई मधेशमाथि धोकाको संज्ञा र एमालेसंग गएकाले कति जायज भनि नानाथरी आरोपहरु लगाएका छन् ।

उहाँकै टोनमा अब यी कुराहरु बुझियोस् । राजेन्द्र महतोको भारतीय भएर नेपाली नागरिकता लिएपछिको घर सर्लाही जिल्ला देखाइएको छ जहांबाट विगतमा जिते र हारेपनि । यसपटक धनुषा ३ मा कांग्रेसबाट मधेशबाट प्रम तथा कांग्रेसको सभापति बन्ने मान्छेकै ठाउंमा सबै मधेशीले जति सम्झाएपनि महतो त्यहां किन गए ? जबकि मधेशीको माग महतो र निधि दुवैको संसदमा थियो र मधेशमैपनि कांग्रेस उम्मेदवार धेरै ठाउंमा कमजोरपनि थिए । हामीले बिर्सन्न हुन्न, संविधानजारी हुंदा र मधेशमा धेरै मधेशी राज्यद्वारा मारिंदा सो बेला प्रम सुशिल कोइराला र गृहमंत्री वामदेव गौतम थिए जो गौतमसंग भारतीय प्रम नरेन्द्र मोदीकै जनकपुर भ्रमणको लागि भौतिक योजना मंत्री विमलेन्द्र निधिसंग कलह सतहमै प्रकट भइसकेको संसारलाई थाहा छ । पहिला गोली चलाउने गृहमंत्री यहां गौतम आउंछन् भने दोस्रो गृहमंत्री माओवादीका शक्ति बस्नेत आउंछन् जो कोइरालापछि केपी ओलीको सरकारमा थिए । ओलीको सरकारमा निधि थिएनन्, उनी सोपछि प्रचण्डको सरकारमा गृहमत्रीमात्र भए । यस्तो अवस्थामा निधिको पालामा मधेश आन्दोलन भयो, सयकडौैंलाई गोलीले मार्न आदेश दिए जस्ता घटीया कुरा घटीया मान्छेलेनै गर्ने हो ।

निधिजीको गृहमन्त्रीत्वकालमा मधेश आन्दोलन समाप्त भइसकेको थियो र संविधान संशोधनको कुरो भईरहेको थियोे । सो को विरोधमा एमालेले मेची–काली सभाको घोषणा ग¥यो जुन मधेशमा तत्काल नगर्न भनी काठमाडौंमा नेता, पत्रकार, बुद्धिजिवि, सरकार स्वयंले एमाले र ओलीलाई रोके । तर सप्तरीको मलेठमा एमालेले सयौं गाडी युथ फोर्स ल्याएर कार्यक्रम गरिछाड्ने भन्ने र सो बेलाका मधेशवादीहरु र खासगरी उग्रवादी राजेन्द्र महतोले गर्न नदिने भनी ‘तयारी’मा पश्चिम पुगेका गृहमंत्री निधिले रिपोर्टिंगको आधारमा फायर खोलेर भएपनि आमनेसामुन्ने रोकी गौर हत्याकाण्ड रोक्न निर्देशन दिए । तर वामदेव गौतमका सेट प्रहरी र प्रशासनले पुनः मधेशीलाई ताकेरै गोली हानी हत्या गरे र मीडीयामा तथा यसपालीको चुनावमा डंका पिटिए कि मधेशी (गृहमंत्री) भएर मधेशीलाई नै मारे ! स्वयं महतोले टिभीमा, विना घघरान कोही अपोनेन्टको क्रस, यहि कुरालाई बोले जबकि उनले यो जबाव कहिल्यै दिएनन् कि पछिल्लो मधेश आन्दोलनको बेला माग पूरा नहुुञ्जेल काठमाडौंबाट सरेर विरगञ्ज सद्भावनाको पार्टी कार्यालय लिएर पुगेका महतो विराटनगरमा ओलीको निर्देशनमा प्रहरी रामधुलाई भेटेर दिल्ली पुग्दा सबै नेता तुरुन्त फर्के तर यिनी डाइरेक्ट बालुवाटार प्रम ओलीसंग भेट्न र भर्खर भएको चुनाव लड्न र दस करोडको डिल कसरी गरे ? कसरी सोपछि अन्य मधेशी नेताले नाकाबन्दी सशक्त गर्ने प्लान बनाईरहंदा यिनी महतो विरगञ्ज पुगेर सोही दस करोडको आडमा एक्लै नाकाबन्दी फिर्ताको घोषणा गरे ? नभए चुनावको एक रात अगाडी जनकपुरको देवी चौक वडा नं. १० मा कुन पैसासहित महतो एकजना महतो युवाद्वारा नै समातिए र पिटिएपनि ? मधेश आन्दोलनका दुई जानी दुश्मन ओली र महतो कसरी मिले ?

चुनावमा हाम्रो महोत्तरी भएपनि सब घटना नजिकबाट म नियालीरहेको थिएं । सबै जगजाहेर छ कि निधिसंग एमालेका कोही हस्ती संघीयता र लोकतन्त्रबारे बहस गर्न नसक्दा उनलाई हिटलिस्टमा हराउन राजावादीसहित १ नं. मा राखेका थिए । रघुविर महासेठ (एमालेका कुबेर) र महतोहरुको नीच भाषामा जनकपुरका सबै कथित् सोल्हकन, तेलीसूंडी, पच्चपनियांलाई कथित् (भू)मिहार, (रा)जपूत, (ब्रा)म्हण र (ल)ला अर्थात् कायस्थ, भूरावालको विरुद्ध उतारेपनि हार्नलाग्दा वामगठबन्धनको केन्द्रबाट नै वामपन्थीको हार निधिसंग निश्चय भएकोले सबै मत महतोमा बरु हाल्ने भनी सर्कुलर नै जारी भयो । स्थानीय निर्वाचनमा वामहरुको भोट र संघीय संसद तथा प्रादेशीक भोट संसदीय वाम उम्मेदवार यादबलाई परेकोलाई हेरौं ! यस अवस्थामा महतोले जनताले मलाई मधेश आन्दोलनमा लागेकोले जिताए, निधिले गोली चलाएकाले हराए भन्नु फटाहापनको कति पराकाष्ठा हो, त्यो उनलाई नै भोटदिनेहरुले जानुन् ।


एमाले हिजो र आजपनि संघीयता र मधेशमामिलामा विरोधी पार्टी हो । त्यस पार्टीलाई स्वतः संकट हो कि राजेन्द्र महतोलाई के गर्ने ? कसरी मागहरुलाई विसर्जन गर्नलगाउने वा नक्कली नागरिकताको केसमा जेलमा कोच्ने ? महतो स्वयं एमालेको भोटले जित्ने, स्वयं मधेशको मागसंग गद्दारी गर्ने र सूंडीको भोट भनी मधेशलाई विभाजन गर्ने तर गद्दारीको बिल्ला हृद्देश त्रिपाठी र बृजेश गुप्तालाई लगाउंछन् । कम्तिमा यिनिहरुले भनेरै सूर्य छापलिई चुनावमा जिते तर पार्टीमा गइसकेका छैनन् । हृद्देश त्रिपाठीहरुलाई पहिलापनि सद्भावनाबाट खेद्ने महतो नै हो भने विनोद सिंहलाई भूरावाल भनी धोका दिई हेपेकै हो । स्वयंले नरमाया ढकालहरुसंग रिश्वत लिई नाम राख्ने तर जो सिंह नेपालभरिबाट नै गाली खाएर सरकारी अफिस पार्टी कार्यालयको लागि प्रयोग गर्न राजपालार्य दिए र जागिर नै छाडेर टिकट लिन भनियो तर पछि मिलाइएला भनी शान्त पारिए अनि पछिपनि समानुपातिकमा महतो जस्ता नीच सूंडीवालको सोचले पछारिए । नमकहरामीको पनि एउटा सीमा हुन्छ शायद !

चुनावपछि कांग्रेस एउटा लोकतान्त्रिक दलको नाताले तथा संवैधानिक जटिलतालेपनि कांग्रेस, मधेशी, महिलाको तेंतिस प्रतिशत सबैको राष्ट्रियसभामा प्रतिनिधित्वकोलागि एकल संक्रमणीय निर्वाचन प्रणालीको लागि अडे, सुनिश्चितपनि गराए । तर संविधानमा केपी ओली प्रम रहेकै बेला सभाध्यक्ष सुभाष नेम्बाङ्गले कुटीलतापूर्वक ओलीले सरकार नै छोड्न नपर्ने हिसाबले सके जति विधिप्रकृया जटिल बनाए तर माओवादीले बिचैमा छाडेर ओली सरकारको टायर पञ्चर गरि दिएकाले ओलीले बाध्यभएर राष्ट्रपति समक्ष केही प्रावधान हटाउन मात्र बाधा अड्काउ फुकाउको सिफारिश गरे । आज बांकी जटिलताले राष्ट्रियसभाको चुनाव, प्रदेश प्रमुख, राजधानी, सरकार गठन जस्ता आदि कार्य रोकिएको सन्दर्भमा एमालेले गाल बजाउनु एउटा कुरा तर महतोले मधेशीको प्रतिनिधित्व सुनिश्चित राष्ट्रियसभामा भइसकेपछि बांकी काम अनिवार्य संवैधानिकरुपले छंदै देउवाले लाज पचाएर बसेको भन्ने अभिव्यक्ति दिनु कति नीचताको पराकाष्ठा हो ? यीनी महतो भन्दा कम धोकेबाज बरु एकजना नगर बधु हुनेछ जो कम्तिमा पैसा लिएको समयभरि ग्राहकलाई ‘सेवा’ दिनेछन् (दृष्टान्तप्रति माफ गर्नुस्) ! र, यस्ताहरु मधेशको मसीहा भई चुनाव जितेका छन् ।

कहाँ विमलेन्द्र निधि मधेशमा लोकतान्त्रिक सञ्चार भई नेपालमै रह्ने भनेर मधेशीको माग पूरा गराउन पार्टीबाटैपनि पहाडीबाट सराप सुन्छन्, कहां अरुले दिएको घरमा वास बस्छन्, कहां सबै जात, धर्म, समुदाय, क्षेत्र, लिङ्गका मान्छेको काम गरिदिन भ्याए र सकेजति उनको कहां पुगेकाको वा कार्यको प्राथमिकता अनुसार भेटेर सेवा गर्छन् भने कहां महतो कहिले मधेश नेपालबाट टुक्रिने बोल्ने, काठमाडौंमा स्वयंका घरहरु तथा देशैभरिमा भरमार सम्पत्ति र व्यवसायमा भ्रष्टाचारीका लगानी शेयर भएका हुंडार, कहां केवल मालपानीवालालाई भेंट दिने मान्छे, कहां केवल सूंडी र कथित् पच्चपनियांको सरुवा, बढुवा, बदली, सांसद छनौट आदिमा रम्ने तथा दूतावासका मेडिकल, इन्जिनियरिङ्ग, साना बच्चाहरुको पढाईदिने स्कलरशिपहरुमा पार्टीलाई दानदक्षिणा टक्रयाउनेलाई मात्र हाथ लाग्ने मान्छे ! निधि बनाम् महतो भनेको कहां राजा भोज, कहां गंगबू तेली ! निधिको पराजयले मधेशको शिक्षाको स्त्तरमा निधिको चिन्ता र कार्य, रोडहरु, राजर्षी शिशु विश्वविद्यालय, संघीयता, लोकतन्त्र सबै मधेशबाट मात्र हैन कि नेपालमै खतरामा छन् किनकि ओली बैंककमा रअ प्रमुख अनिलकुमार धसमान, पूर्वविदेश सचिव एस. जयशंकरहरुसंग ज्ञानेन्द्रले लखनउंमा योगी आदित्यनाथसंग भेटे लगत्तै भेटिसकेका छन् भने प्रचण्डकी पत्नि सीता ‘विरामी’ भई दिल्ली जान लागेका हुन् भने माधव नेपाल भारतको नजिकमै बंगलादेशमा शयर गर्दैछन् । तर दुःखको कुरा हो कि अबोध मतदातालाई यिनि महतो, ओली, प्रचण्ड, नेपालहरुले केही भन्दैनन्, चौकीदारी चीन र भारतको गरि समग्र मधेशी, कांग्रेसी र भारतलाई गाली गर्छन् । यही नै दलाली र नमकहरामी होइन ? नेपाली राष्ट्रिय स्वाधिनता चीनद्वारा वामगठबन्धन भई भारतको सहयोगले ज्ञानेन्द्रलाई हिन्दूत्वको नाममा ल्याउनु हो ? हाम्रो महोत्तरी ४ मा वाम सांसद उम्मेदवार मो. रजी हैदरले प्रचारका क्रममा मोटरसाईकलमा पाकिस्तानी झण्डालिई वामहरुले राष्ट्रियता मजबूत पार्ने हुन् ? हामी महतो जस्ता नेता पाएका छौं, निधिको ठाउंमा, जहां संघीयता, लोकतंत्र, संविधान संशोधन भई मधेशको मागपूरा हुने र गणतन्त्र संस्थागत हुने सब खटाईमा परेका छन् । मीडीया नब्बे प्रतिशत जालसाजहरुकै चम्चा रहेकोले अझ पीडा थपिएको हो ।

(लेखक पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत्त छन्) - मधेश दर्पण फिचर सेवा

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved