त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा संघर्ष गर्ने डा. केसीको चेतावनी

  • प्रकाशित मितिः माघ, 23, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने लगायतका मा अघि सार्दै पूरा नभए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्ने, अन्य विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्ने, आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने र गोपाल पराजुलीले राजीनामा दिने तथा उनले दिएको ज्यान मार्ने धम्कीमाथि निष्पक्ष छानबिन गरिनुपर्ने अन्यथा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका  छन ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved