सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने

  • प्रकाशित मितिः माघ, 15, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताएका छन् ।सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तरक्रिया उनले कडा कानूनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानूनको मस्यौदा तयार गरिरहेको बताए ।

मुलुकमा लामो समयदेखि कानूनी राज्यको अवधारणा स्थापित हुन नसकेको भन्दै उनले उपभोक्ताका अधिकार स्थापित गराउन सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको जानकारी दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले घटनास्थलमै दोषीमाथि कारबाही गर्ने कानून नहुँदा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा कठिनाई भएको बताए । उनले मूल्यवृद्धि सन्तुलन मिलाउन र उपभोक्ताको हक अधिकारलाई स्थापित गराउन सम्पूर्ण सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको धारणा राखे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved