एमबीबीएस भर्ना शुल्कमा कलेजको मनोमानी

  • प्रकाशित मितिः माघ, 14, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौँ /एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिन थालेपछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। आइओएमले बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरेको छ। सूचना जारी गर्दै आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको छ । विद्यार्थीको दबाब र गुनासोपछि डीन कार्यालय शीर्षक नै तोकेर शुल्कबारे स्पष्ट पार्न बाध्य भएको हो। आइओएम डीन कार्यालयले जारी गरेको सूचना अनुसार कलेजहरुले परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क मात्र थप लिन पाउँनेछन्।

आइओएम अन्तर्गतका मेडिकल कलेजहरुमा अहिले एमबीबीएस भर्ना चलिरहेको छ। विद्यार्थीहरुले प्रमाणसहित उजुरी गरिरहेका छन्।सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ।विद्यार्थीलाई कलेजले सार्वजनिक गरेको बैंक खातामा ५० प्रतिशत पहिलो किस्ता बापत जम्मा गरी अनलाइन प्रक्रियाद्वारा भर्ना हुन भनिएको छ। ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved