सरकारी कार्यालय भवनकै गरिँदैन नक्सा पास

  • प्रकाशित मितिः माघ, 13, 2074
  • पहिलो किताब संवाददाता

पाँचथर / पाँचथर जिल्लामा सरकारी कार्यालयकै भवन मापदण्ड विपरीत बनिरहेको छ । सदरमुकाम फिदिममा मात्रै अहिले एक दर्जन बढी सरकारी कार्यालयका भवनको नक्सा पास छैन । ती भवन केही निर्माणाधीन अवस्थामा छन् भने केही भवन निर्माण भइसकेका छन् । तर सम्बन्धित निकायलाई भने कुनै चासो छैन ।

नगरपालिका बन्नु पूर्व पनि नगर विकास समितिमार्फत नक्सा पास गर्नुपर्ने व्यवस्था थियो । अहिले नगरपालिकामा राजश्व तिरेर अनिवार्यरुपमा नक्सा पास गरी मापदण्डअनुरुपको भवन निर्माणको अनुमति लिएर काम अघि बढाउनु पर्ने भए पनि धमाधम मापदण्ड विपरीत भवन निर्माण भइरहेका छन् । सर्वसाधारणलाई जग्गा पास गर्न दबाब सिर्जना गरिरहँदा सरकारी भवनको जग्गा पासको प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।

नक्सा पास नगरी भवन निर्माण गरिए रु पाँच लाखसम्म जरिवाना गराउने व्यवस्था छ । जरिवाना गराई मापदण्ड नपु¥याइएका भवन भए तीन गुणा बढी राजश्व तिर्नुपर्ने कानूनी व्यवस्था छ । नत्र भवन नै भत्काउनु पर्ने हुन्छ । सरकारी भवन नै नक्सा पास बिना बनेकाले मापदण्ड पुगेको छ, छैन भन्ने यकिनसमेत हुन सकेको छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved