कांग्रेसले सदनमा नै माग्यो प्रधानमन्त्रीको राजीनामा

  • प्रकाशित मितिः असार, 5, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / नेपाली कांग्रेसका नेता एवं संघीय संसदमा प्रतिपक्षी दलका उपनेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गच्छादारले संविधान विपरीत विधेयक ल्याएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

वैठकमा बोल्दै उनले विधेयक ल्याएर चौतर्फी दबाब आएपछि फिर्ता लिनु बहादुरी नभएको जिकिर समेत गरेका थिए । गच्छादारदले भने, ‘सरकारले संविधान विपरित विधेयक ल्याएकाले विधेयक फिर्ता मात्र होइन । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’

गच्छादारले प्रधानमन्त्री शक्तिशाली बन्न त्यो वाटोमा लागेको आरोप लगाउँदै भने ‘प्रधानमन्त्री ज्यू तपाईं आफैं शक्तिशाली हुनुहुन्छ । यो भन्दा बढी शक्तिशाली किन हुनुपर्यो ? ’

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved