म्याद नाघेको ६ महिनासम्म पनि बन्न सकेन खोटाङको स्वास्थ्यचौकी

  • प्रकाशित मितिः माघ, 3, 2075
  • दिपेन्द्र पराजुली

खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीको भवन निर्माणको कामअलपत्र परेको छ । निर्माणको काम पूरा गरेर २०७४ साल असार मसान्तभित्र हस्तान्तरण गरिसक्नु पर्ने स्वास्थ्यचौकी भवन निर्माणको काम ठेकेदारका कारण अलपत्र परेको हो ।

शहरी विकास तथाभवनविभागको २ करोड ४८ लाखको लागतमा ठेक्कालागेको स्वास्थ्यचौकीको भवन हाल अलपत्र परेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

भवन ठडिएपनि स्वास्थ्यचौकीको झ्यालढोका, शौचालय, पर्खाल, प्लाष्टर, घेराबारा लगायतका काम पूरा गरिएको छैन । गतअसार मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन निर्माणको म्याद नाघेपछि थप भएको म्याद समेत मंसिरमै गुज्रिसकेको छ । स्वास्थ्यचौकी भवनको बाँकी काम आगामी दुई महिनाभित्र पूराहुने ठेकेदार सम्भु घिमिरेले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved