धनकुटामा बस दुर्घटना : ३४ यात्रु घाइते

  • प्रकाशित मितिः असार, 5, 2075
  • पहिलो किताब संवाददाता

धनकुटा / धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस आज कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस सडकबाट करीब १५० मिटर खोलामा खसेपछि बसमा रहेका सबै यात्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य सिवाकोटीले बताउनुभयो । बसमा सवार ३१ जना घाइते यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने तीन जना घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुुभयो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved