सेयर बजार : लगानीकर्ताले ६ खर्ब गुमाए

  • प्रकाशित मितिः चैत्र, 9, 2074
  • पहिलो किताब संवाददाता

 काठमाडौं/ पुँजी बजारका लगानीकर्ताले पछिल्लो समय ६ खर्ब रुपैयाँ गुमाएका छन्।पुँजी बजारको लगानी संरक्षणमा सरकारले बेवास्ता गरेका कारण यस्तो अवस्था आएको लगानीकर्ताको दाबी छ।केही समय अघिसम्म २१ खर्बको बजार हाल १५ खर्बमा झरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजारका लगानीकर्ताले केही दिन यता ठूलो रकम गुमाएको बताए।‘नयाँ सरकार गठनपछि बजार बढ्ने अपेक्षामा ठूलो लगानी गरियो’, उनले भने, ‘त्यसयता बजार अझ घट्यो।हाम्रो घरबास उठिसक्यो, कहिलेसम्म कुर्ने ? ’ लगानीकर्ताको आशमा सरकारले कुनै सम्बोधन नगरेर तुसारापात गरेको उनको आरोप छ।३० लाख लगानीकर्ताको लगानी डुबेको उनको दाबी छ।

‘राज्य र सरकारबाट हामीले ठूलो आश गरेका थियौं’, बजार ओरोलो लागिरहेको छ, लगानीकर्ताले त्यतिकै लगानी गर्दैनन्, लगानी गरेपछि प्रतिफल पाउनुपर्छ भन्ने हाम्रो माग हो’, उनले थपे।पुँजी बजारप्रति प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा.युवराज खतिवडाको धारण स्पष्ट आउनुपर्ने आम लगानीकर्ताले माग गरेका छन्।अर्यालले भने, ‘हामीले अभिभावक गुमाएको महसुस गरिरहेका छौं।’

नेपाल स्टक एक्सचेन्जले गत कातिक २१ मै अनलाइन ट्रेङिड प्रणाली लागू गर्ने भने पनि हालसम्म कार्यान्वयनमा आएको छैन।सेयर मार्जिन कर्जा ७० प्रतिशतलाई तत्काल लागू गरिनुपर्ने, म्युचुअल फन्डको ६० प्रतिशत लगानी पुँजीबजारमा आउनुपर्ने, कम्पनीमा ४९ प्रतिशत संस्थापक र ५१ प्रतिशत सर्वसाधारण सेयर हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न लगानीकर्ताले माग गरेका छन्।

 केही समय अघिसम्म २१ खर्बको बजार हाल १५ खर्बमा झरेको छ ।

कुनै पनि वित्तीय संस्थाले सेयर स्वीकृत भएको सात दिनभित्र वोनस सेयर सम्बन्धित सेयर होल्डरको डिम्याट खातामा पठाउनुपर्नेलगायत माग उनीहरूको छ।कार्यक्रममा लगानीकर्ता संघका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजार निरन्तर घट्दा ठूलो लगानी डुबेको बताए।वित्तीय संस्थाले जारी गरेको हकप्रद सेयर, बैंक तथा बिमा कम्पनीको पुँजी वृद्धि योजनाले बजारमा तरलता अभाव भएको उनको भनाइ छ।बजारमा सेयरको आपूर्ति बढेको र माग घटेको छ।

बजार ओरालो लाग्नुमा नेप्सेको पनि भूमिका छ।‘नेप्सले अनलाइन कारोबारको व्यवस्था गरेको भए सेयर बजार यस्तो हालतमा आउने थिएन’, उनले भने।अहिलेको सेयर बजार ५० वटा ब्रोकरको तजबिजमा चलिरहेको छ।२१ खर्बको बजार १५ खर्बमा झरिसकेको छ।५० वटा ब्रोकरले १५ खर्बको बजार कब्जा गरेका छन्।ब्रोकर सेयर कारोबारमा भ्याट लगाउन लबिङ गरिरहेका छन्।कारोबार कर लगाउन लबिङ गरिरहेका छन्।लगानीकर्ताको पैसामा ब्रोकरको रजाइ भैरहेको छ।नेपाल धितोपत्र बोर्ड र नेप्से पनि ब्रोकरकै प्रभावमा छन् ।

राष्ट्र बैंकले पुँजी वृद्धि योजना बैंक तथा वित्तीय संस्था घटाउने उद्देश्यका साथ ल्याए पनि हकप्रद जारी गर्न अंकुश नलगाउँदा लगानीकर्ताको रुवाबासी सुरु भएको रौनियारले बताए।बढ्दो पुँजी बजारको आकर्षणलाई मध्ये नजर गरेर सरकारले उपत्यकामा ५० वटा र उपत्यका बाहिर एक सय वटा ब्रोकर कम्पनी खोल्नुपर्ने माग गरिएको छ।लगानी गर्ने आफू, कमिसन खाने ब्रोकर कम्पनी भन्दै लगानीकर्ताले कमिसन घटाउन माग गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आर्थिक समृद्धिको प्रमुख आधार पुँजी बजार भएको उल्लेख गर्दै यसलाई सन्तुलित गरेर लैजान सरकार तत्पर रहेको बताए।उनले भने, ‘सरकारी पुँजीगत खर्च हुन सकिरहेको छैन, यसले पैसा सर्कुलेसन हुन नसकेको हो ।’ नेपाल स्टक एक्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारका नीति नियममका कारण बजार घटेको नभइ माग कम हुँदा लगानी कम हुँदा बजार घटेको बताए।

उनले बजार उथलपुथल हुँदा लगानीकर्तालाई घाटा परेकै हो भन्दै वैशाख महिनाभित्र सेयरको अनलाइन ट्रेडिङ सुरु हुने बताए।‘अनलाइन कारोबारपछि बजार बढ्नेछ’, उनले भने, ‘आगामी आवदेखि लगानीकर्ता आफैले अनलाइनमार्फत सेयर किनबेच गर्न पाउनेछन् ।’

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बजार सँधै नबढ्ने बताए। बजार घटबढ हुनु स्वभाविक भएको भन्दै उनले बजारको स्थायित्व दिन सेवोनले काम गरिरहेको बताए।वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्य सेवोनको मात्र नभएकाले यस विषयमा राष्ट्र बैंकसँग कुरा भइरहेको छ’, उनले भने, ‘मार्जिन ल्याडिङका विषयमा पनि बोर्डले अध्ययन गरिरहेको छ ।अन्नपूण पोष्ट बाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved