निगाले सिमेन्ट उद्योगमा तालाबन्दी

  • प्रकाशित मितिः माघ, 20, 2074
  • पहिलो किताब संवाददाता

धनकुटा / धनकुटाको छथर जोरपाटी गाउपालिका ६ नाम्जाङमा रहेको निगाले सिमेन्ट उद्योगमा स्थानीयबासीले वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दैे तालाबन्दी गरेका छन् । उध्योग विरुद्द आन्दोलनरत दुई स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा स्थानियवासीले तालावन्दी र प्रर्दशन गरेका हुन् ।

गत साता उद्योगका सञ्चालक दिनेश पौडेलमाथि कुटपिटमा सम्लग्न भएको आरोपमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले विहिवार राति नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा छथर जोरपाटि ६ का इन्द्र घिमिरे र भक्तबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिषरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए ।

सोहि समयमा उद्यमी पौडेलमाथि आक्रमण भएको थियो । पौडेलले दिएको उजुरीका आधारमा घटनामा सम्लग्न आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उद्योगबाट निस्किएको धुलोका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण गर्ने प्रविधि उध्योगमा जडान नगरेसम्म आन्दोलनलाई जारी राखिने स्थानियले वताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved