पाइपलाइनमा ओलीलाई पर्खदै भारत

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल भारत (रक्सौल-अमलेखगन्ज) पेट्रोल पाइपलाइन निर्माण सुरु गर्ने भएको छ ।

पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइपलाइन निर्माण थाल्ने संकेत गरेको खबर आजको नागरिक दैनिकमा छ ।

वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई हेरिएको छ । दिलीप पौडेलले खबर लेखेका छन् ।

राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई बर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो । 

नेपाल आयल निगमका एक अधिकारीले भने,

-पाइप आए पनि भावी सरकारको नयाँ प्रधानमन्त्रीबाट शिलान्यास गर्ने सन्देश आएको छ ।

-निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।

दुई देशको लागि रणनीतिक महत्वको परियोजना भएकाले प्रधानमन्त्रीद्धारा पाइपलाइनको शिलान्यास गर्ने योजना बनाएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीले निगमलाई उपल्लो तहबाट शिलान्यासको मिति टुंगो लगाउने संकेत गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved