कार्यकर्ता पोस्न सरकारी ढुकुटी दोहन - ६ महिनामै बाँडियो नेता कार्यकर्तालाई ७ करोड

  • प्रकाशित मितिः माघ, 16, 2074
  • पहिलो किताब संवाददाता

सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । 

आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ । 

आर्थिक सहायता शीर्षकमा यो आर्थिक बर्षका लागि छुट्याइएको रकमले पहिलो ६ महिनालाई पनि पुगेन, अर्थ मन्त्रालय स्रोतले भन्यो देश त्यस्तै त ऋणमा चलेको छ भने यसरी आर्थिक सहायताका नाममा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई जभाभावी रकम बाँड्ने हो भने अर्थतन्त्रको अवस्था के होला ?, यो खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved