चार करोड २९ लाख बिगो दाबीसहित चुडामणि शर्मामाथि अर्को मुद्दा

  • प्रकाशित मितिः माघ, 15, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर फस्र्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि शर्मामाथि अभियोगपत्र दायर गरिएको हो । अख्तियारले उनीविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाा बिगो मागदाबी गरेको छ । अख्तियारले शर्माले गरेको खर्च सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको जनाएको छ ।

तर अख्तियारसँगको बयानका क्रममा शर्माले आफूसागको बचत रकम ३ करोड ६३ लाख ७२ हजार नौ सय ६१ रहेको देखाएका थिए । अख्तियारले शर्माको आम्दानी र खर्चबीचको अन्तरलाई अकुत मानेर मुद्दा दायर गरेको हो । गैरकानूनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउँदा पनि शर्मा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् । विरामी भएको निवेदन हालेर उनी वयानमा पूरा समय उपस्थित भएनन् ।

अख्तियारमा उपस्थित भएर दिएको वयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोगपत्र तयार भएको अख्तियार स्रोत बताउँछ । तत्कालिन कर फर्छ्योट आयोगमार्फत अस्वभाविक कर मिनहा दिइएको अभियोगमा उनी गत जेठमा पक्राउ परेका थिए ।

उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ । कर फर्छ्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved