शेयर बजार परिसूचक नेप्से १० अंकले बढ्यो

  • प्रकाशित मितिः माघ, 12, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं / शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १० अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयरबजार बजार बन्द हुँदा ९ दशमलव ८ अंकले बढेर १४ सय ४ दशमलव ५३ विन्दुमा पुगेको हो ।बिहीबार सबैभन्दा धेरै बिमा ८९ अंकले बढेको छ । त्यस्तै उत्पादन समुह साढे ३०, होटल २७ भन्दा बढी र लघुवित्त २७ भन्दा धेरै अंकले बढेको हो । बजार बढेपनि विकास बैंक र अन्य समुह भने बिहीबार घटेका छन् ।

विकास बैंक समुह ३ र अन्य समुह झण्डै साढे १ अंकले घटेको हो । बिहीबार हिजोभन्दा २ करोड रुपैयाँ बढी अर्थात २८ करोड २२ लाखभन्दा धेरैको कारोबार भएको दिन बिहीबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर १ करोड ८१ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved