पूर्व डीआईजी विजय भट्टसहित १५ जना पक्राउ

  • प्रकाशित मितिः भदौ, 27, 2076
  • पहिलो किताब संवाददाता

सन्तुपर/ इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी ईन्द्रजात्राको अवसरमा बसन्तपुर आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले करिब १५ जनालाई पक्राउ गरेको हो। प्रहरीले एकजना बहालवाला सैनिक अधिकृत, अर्का सेवा निवृत्त डिआइजीसहित करिब १५ जनालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार एकजना बहालवाला मेजर, एकजना सेवा निवृत कर्णेल, एक अर्का सेवा निवृत्त डिआइजी, भ्रष्टाचार विरोधी राष्ट्रिय अभियानसँग आबद्ध हिरण्यमान ताम्राकारसहित करिब १५ जनालाई पक्राउ परेका छन्। शुक्रबार अपराहन्न पक्राउ गरिएको उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । तर, गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved