डोटीमा डेंगुको संक्रमण, एक जनाको मृत्यु

  • प्रकाशित मितिः भदौ, 6, 2076
  • पहिलो किताब संवाददाता

डोटी / डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक यो रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि उपचारका लागि उनलाई कैलालीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको ज्यान गएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको मृतकका जेठाजु नारद मलासीले जानकारी दिए । जिल्ला बाहिर कहिले नगएकी यी महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्ममा परेका छन् ।

डेङ्गु रोग लागेर महिलाको ज्यान गएपछि अहिले यो क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् । मृतक मलासीमा डेङ्गु र स्क्रब टाइफस रोग देखिएको मायामेट्रो अस्पतालका डा. विष्णु जोशीले बताए ।

यस्ले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करीब ३०० अण्डा पार्दछ । ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved