सालीसँग मिलेर श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

  • प्रकाशित मितिः श्रावण, 1, 2076
  • पहिलो किताब संवाददाता

कास्की / पोखरा महानगरपालिका – १५ कान्तिपुर चोककी लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा उनकै श्रीमान पक्राउ गरेका छन् ।

प्रहरीले लक्ष्मकी श्रीमान ३५ वर्षीय रमेश नेपालीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ९ महेन्द्रपुल बस्ने भोजपुरका ३२ वर्षीय संजय शर्मा, पोखरा पृथ्वीचोक बस्ने सर्लाहीका २६ वर्षीय चित रञ्जन कुमार साह र गोरखाकी १९ वर्षीया अनु परियार रहेका छन् ।

२७ वर्षीया लक्ष्मी असार १ गतेदेखि हराइरहेकी थिइन् । २५ दिनपछि उनको शव पोखरा जंगलमा भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा लक्ष्मीको हत्यामा उनकै श्रीमानको प्रत्यक्ष संलग्नता खुलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार लक्ष्मीले आफ्ना श्रीमान र साली नाता पर्ने (मामाकी छोर) अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएकी थिइन् । यसबाट आफ्नो बदनाम भएको भन्दै उनीहरूले लक्ष्मीको हत्या योजना बनाएको खुलेको छ ।

उनीहरूले करिव ४ महिना अगाडि मात्र युनियन लाइफ इन्युरेन्समा लक्ष्मीको एक करोडको जीवन बीमा गराएको समेत पाइएको छ । घटनामा संलग्न तीन जना भारतीय नागरिकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved