टिकटकका लागि भिडियो बनाउने क्रममा तालमा डुबेर एक युवकको मृत्यु

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतको हैदरावादमा टिकटकका लागि भिडियो बनाउने क्रममा एक २२ वर्षका युवकको मृत्यु भएको छ । यो घटना गएको मंगलबार भए पनि प्रहरीको जानकारीमा बिहीबार मात्रै आएको भारतीय मिडियाहरुले जनाएका छन् ।

टिकटकका लागि बनाएको भिडियो प्रहरीले नियन्त्रणमा लिएको छ । तेलंगना राज्यको संगारेडी जिल्लाका प्रहरीका अनुसार नरसिंह नामका ती युवक र उनका भाइ पर्ने प्रशान्त मिलेर टुमर तालमा टिकटकका लागि भिडियो बनाउने क्रममा यस्तो घटना भएको थियो ।

प्रशान्तका अनुसार तालमा हिँड्ने र नाच्दै गरेको भिडियो खिच्ने क्रममा नरसिंहको मृत्यु भएको हो । नरसिंह डुब्दै गरेको दृश्य तालको वरिपरि रहेका धेरैले देखिरहेका थिए । केहीले उनलाई बचाउने प्रयत्न पनि गरे, तर सफल भएनन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved