अंशबण्डा विवादमा ससुराको हत्या गर्ने बुहारी पक्राउ

  • प्रकाशित मितिः माघ, 24, 2075
  • पहिलो किताब संवाददाता

ओखलढुङ्गा / घरमा अंशबण्डा सम्बन्धि भएको विवादमा ७० बर्षिय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । बिहीबार बिहान ओखलढुङगाको सिद्दिचरण नगरपालिकाकी ३० वर्षीय तारादेवी गुरूङलाई ससुराको हत्याको आरोपमा विमानस्थल सुरक्षा गार्ड कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

तारादेवीले अंशबण्डाको विषयम विवाद हुँदा ससुरा रामकाजी गुरूङलाई फलामको ढुंग्रोले हानेकी थिइन्। बुहारीको ढुंग्रो प्रहारबाट गुरुङको घटनास्थमै मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनास्थल विमास्थल देखि २ र जिल्ला प्रहरी कार्यालयबाट १५ किलोमिटर दूरीमा पर्छ। घटनाको सूचना पाएपछि आरोपीलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन विमानस्थल सुरक्षा लागि खटिएका प्रहरी पुगेका हुन्।

जिप्रकाको टोली केही समयपछि घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved