एक सय उनन्तीस खेलाडी छनोट

  • प्रकाशित मितिः पुष, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी /  जिल्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि १२९ खेलाडी छनोट गरिएको छ । बाह्र खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् ।

जिल्लाबाट भलिबल खेलमा २०, कबड्डीमा २०, कराँतेमा १०, तेक्वान्दोमा १५, एथलेटिक्समा आठ, ह्याण्डबलमा १२, टेबलटेनिसमा चार, ब्याडमिन्टनमा चार, फुलकन्टयाक्ट कराँतेमा दुई तथा उसु र पौडीमा एक÷एक खेलाडी सहभागी हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रुपलाल तामाङले जानकारी दिए । जिल्लाबाट प्रशिक्षक र अफिसियल गरी २३ जना सहभागी हुनेछन् ।

प्रशिक्षक अभाव :

जिल्लामा हालसम्म कुनै पनि खेलका प्रशिक्षक छैनन् । अन्य जिल्लाबाट काजमा प्रशिक्षक बोलाएर खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ । कराँते, तेक्वान्दो, फुटबल, भलिबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved