काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ : गृहमन्त्री थापा

  • प्रकाशित मितिः जेठ, 19, 2075
  • सन्तोष पुर्कुटी

ताप्लेजुङ / गृहमन्त्री रामबहादुर थापा बादलले मुलुक समृद्धिको आधार नै भौतिक पुर्वाधारको विकास भएकाले यसमा हेलचेक्राई गर्न नहुने बताएका छन् । अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सवै पक्षले ध्यान दिन जरुरी रहेको थापाले बताए ।

शनिवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटनका लागि ताप्लेजुङ आएका थापाले सञ्चारकर्मीहरु संग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ति गर्ने ठेकेदारलाई कडाईका साथ कारबाही गर्ने तर्फ समेत सरकार केन्द्रित भएको उल्लेख गरे ।

मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संम्लग्न रहेर काम पुरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्वन्धित मन्त्रालयले छानवीन गरे पछि कारवाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्ष भित्रै ग्राभेल गर्ने, नाली काट्ने काम सक्ने गरि सम्झौता गरे पनि हाल सम्म काम पुरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

यसैबीच मुलुकका विभिन्न सिमा क्षेत्रमा निकट भविष्यमा नै जनशक्ति उत्पादन गरि सुरक्षा व्यवस्था मिलाईने पनि उनले बताए । अहिलेको जनशक्तिले सवै तिर धान्न नसक्ने भन्दै चाँडै यसको व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको उनको भनाई छ । यस अघि आजै विहान जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन गरे । एक वर्ष अघि ६ करोड वढिको लागतमा निर्माण भएको भवन पनि उनले नै उद्घाटन गरेका थिए ।

यस्तै भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनीधिसभा सदस्य योगेश भट्टराईले उत्तरी सिमा सुरक्षामा ध्यान दिन आवस्यक रहेको बताए । ताप्लेजुङ दुवै छिमेकी मुलुक चीन र भारत संग जोडिएकाले सिमा क्षेत्रको रेखदेख तथा सुरक्षामा ध्यान दिन आवस्यक रहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पर्यटन प्रवद्र्धन, जलश्रोत तथा स्थानीय श्रोतसाधनको उपयोग लगायतका हिसावले ताप्लेजुङ मुलुकै समृद्धिका लागि सम्पत्ति भएकाले यहाँको विकासमा चासो दिन उनले आग्रह समेत गरे । कार्यक्रममा प्रदेशसभाका सदस्य बलबहादुर साम्सोहाङ, टंक आङ्वुहाङ, होमकुमारी साँवा लगायतको उपस्थिती रहेको थियो ।

यता मन्त्री थापाले शनिबार बिहान जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्ता संग भेटघाट गरेका छन् । यस अघि उत्तरी नाका ओलाङचुङगोला क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भए पनि मौषमले साथ नदिएकाले मन्त्री थापा संखुवासभाको जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि त्यस गएका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved