सुनसरीमा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनामा सबै झुटा मुद्दा फिर्ता लिने खुलासा गरे

  • प्रकाशित मितिः आश्विन, 5, 2076
  • पहिलो किताब संवाददाता

इटहरी /  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा सबै झुटा मुद्दा फिर्ता लिने सहमति भइसकेको खुलासा गरेका छन् । उनले त्यस विषयमा सैद्धान्तिक सहमति भइसकेको र मुद्दा खारेजीको प्रक्रियासमेत अगाडि बढेको जानकारी दिए ।

सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कार्यक्रममा टीकापुर घटनाको सन्दर्भ आयो । टीकापुर घटनामा जे भएको छ, अस्ति भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर सैद्धान्तिक सहमति गरेका छौं । सबै मुद्दा खारेज भएर थारु बन्दी रिहा हुन्छन् भन्ने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’

टीकापुर घटनाको योजनाकारको आरोपमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएका सांसद रेशम चौधरीतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘जनताको मतबाट जितेका माननीयहरूलाई ससम्मान बाहिर ल्याउने वातावरण हुन्छ भन्नेमा म विश्वस्त छु ।’ चौधरीले भूमिगत अवस्थामै कैलाली–१ बाट प्रतिनिधिसभा चुनावमा जितेका थिए ।

चुनाव जितेपछि आत्मसमर्पण गरेका चौधरीले जेलमै रहेको अवस्थामा सांसदको सपथ खाए पनि अदालतले जन्मकैदको फौसला गरेको थियो । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यष प्रचण्डले संविधानका संशोधनका लागि सबैमा आग्रह गरे । उनले थारुको संवैधानिक अधिकार सुनिश्चित गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

नकरात्मक कुरा फैलाउने केही तत्वहरू सक्रिय भएको भन्दै प्रचण्डले लोकतन्त्रणका विरुद्ध धावा बोल्नेलाई स्वतन्त्रता दिन नसकिने भन्दै चेतावनी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved