मेस्सीलाई ‘इएसपीवाई प्लेअर अफ दी इयर’ अवार्ड

  • प्रकाशित मितिः भदौ, 24, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दी इयर’ अवार्ड जितेका छन् । इएसपीएनले प्रदान गर्ने अवार्ड मेस्सीलाई यो वर्षको सर्वाेत्कृष्ट खेलाडी घोषित गर्दै प्रदान गरिएको हो ।
समर्थकको भोटका आधारमा मेस्सीलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्ड जित्दा मेस्सीले क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डाइकलाई पछि पारेका हुन् । गत वर्ष यो अवार्ड रोनाल्डोले जितेका थिए ।
मेस्सीले गत सिजन बार्सिलोनाका सबै खाले प्रतियोगितामा ५१ गोल गरेका थिए । मेस्सीले अवार्ड जिताउनका लागि सहयोग गर्ने सम्पूर्ण समर्थकहरुलाई धन्यवाद  दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved