किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

  • प्रकाशित मितिः असार, 15, 2075
  • पहिलोकिताव संवादताता

झापा / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएको छ ।झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएको हो । 

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भने– “कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो, यहाँका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार छ ।”कृषि क्रान्तिबिना नेपालको आर्थिक समृद्धि नहुने बताउँदै उहाँले कृषि क्षेत्रमा सहयोगका लागि राज्य जुनसुकै अवस्थामा तयार छ भने । मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोप्नु भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved