क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउँदै बी एन्ड सी

  • प्रकाशित मितिः फाल्गुन, 16, 2074
  • पहिलो किताब संवाददाता

झापा / झापाको विर्तामोडस्थित बी एन्ड सी टिचिङ हस्पिटलले आगामी असारबाट सञ्चालनमा ल्याउने पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रा।लि।मा अत्याधुनिक उपकरण भित्र्याउने भएको छ ।

यस्तो अत्याधुनिक उपकरण भित्राउनेमा बि एन्ड सी दक्षिण एसियाकै पहिलो हस्पिटल भएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिए । हस्पिटलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अब क्यान्सरका बिरामीले उपचारका लागि विदेश जानु नपर्नेसमेत बताए ।

हस्पिटलका कार्यकारी निर्देशक प्रसाईं, भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता र आनन्दकुमार सिंहबीच भएको सम्झौता अनुरुप उक्त उपकरण नेपाल भित्राउन लागीएको हो ।

६ महिना अगाडि अमेरिकामा लन्च भएको दक्षिण एसियामै पहिलोपटक हस्पिटलले हेल्सियोन र ट्रोबिम, फोर डी सिटी स्क्यान र डिजिटल मेमो ग्राम मेसिन, ब्रेकी थेरपी भित्र्याउन लागेको हो । उक्त हेल्सियोन हालसम्म भारतमा समेत नभएको उक्त कम्पनीका मेनेजर बिनित गुप्ताले जानकारी दिए । यो मेसिन ल्याउन हस्पिटलले ९० करोड रुपियाँमा सम्झौता गरेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले बताए ।

उच्चस्तरको उपकरणसहित बन्न लागेको ३ सय शय्याको हस्पिटलले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बी एन्ड सी टिचिङ हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनले यी उपकरणहरू आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको हो सोहीअनुसार उपचार गर्न सकिने बताए । डाक्टर यादवले यी उपकरण आएपछि ३ दिनदेखि ५ दिन भित्रमा क्यान्सरको उपचार हुने र महिनौँसम्म हस्पिटलमा बस्नुपर्ने बाध्यतासमेत हट्ने बताए ।

बी एन्ड सीले पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रा.लि.असारबाट सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्य गरिरहेको छ । अस्पतालले चार महिनाभित्र सम्पूर्ण उपकरणहरू समेत आइसक्ने जनाएको छ । सरकारी अस्पताल, नेपालका ठुलाठुला पूराना मेडिकल कलेजहरू तथा नेपालका अन्य ठुला अस्पतालले गर्न नसकेको काम बी एन्ड सी टिचिङ हस्पिटलले गर्दै आएपछि उपचार गर्नेहरूको भीड लाग्न थालेको बरिष्ठ सर्जन डाक्टर रोहितकुमार यादवले बताए ।

विभिन्न विशेषज्ञ सेवासहित उपचार गर्दै आएको हस्पिटलले क्यान्सरको मात्रै छुट्टै अस्पताल सञ्चालमा ल्याउन लागेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । हाल झापासहित इलाम,पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा भारतका विभिन्न स्थानबाट उपचारका लागि बिरामीहरू आउने गरेको हस्पिटलले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved