अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपलाई कहाँ लगिएला ?


ट्रंपको यो निजी सम्पत्ति ‘मार–ए–लागो’ को मुनि एउटा बंकर रहेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रुमेनदेखि ट्रंपसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो स्थितिमा बंकरमा बस्ने सुविधा छ ।
परमाणु आक्रमण हुने बित्तिकै राष्ट्रपति डोनल्ड ट्रंपलाई एक सुरक्षित ठाउँमा लगिन्छ ।


माउन्ट वेदरमा एक विशाल बंकर निर्माण गरिएको छ ।

यसमध्येकै एउटा बंकर ह्वाइट हाउसको तल्लोस्तरमा छ जसलाई सन् १९५० मा निर्माण गरिएको थियो । त्यस्तै अर्को बंकर भर्जिनियास्थित ब्लु रिज माउन्टेनमा माउन्ट वेदर नामको डाँडामा निर्माण गरिएको छ ।
अमेरिकी नेभीले ‘पीनट आइल्यान्ड’ नामको एउटा बंकर अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका लागि निर्माण गरेको थियो ।
यो बंकर फ्लोरिडास्थित पाम बीच हाउसको नजिक छ, जहाँ केनेडी गइरहन्थे ।


राष्ट्रपति केनेडीका लागि ‘पीनट आइल्यान्ड’ मा निर्माण गरिएको बंकरमा रेडिएसनबाट बचाउने क्षमता थियो ।

पाम बीच हाउस र बंकरका बीचको दूरी मात्र १० मिनटको छ । यो बंकरलाई ‘डिटेचमेन्ट होटल’ पनि भनिन्थ्यो । जसको निर्माणमा ९७ हजार अमेरिकी डलर खर्च भएको थियो ।
ट्रंम्पसँग उनको आफ्नो एउटा बंकर छ, जुन फ्लोरिडामा ‘मार–ए–लागो’ नामको उनको निजी सम्पत्तिमा छ ।
यदि राष्ट्रपतिका लागि बनाइएको बंकरको कुरो गर्ने हो भने उनीसँग तीन बंकर (पीनट आइल्यान्ड, ह्वाइट हाउस र माउन्ट वेदर) छन् ।
‘पीनट आइल्यान्ड’ मा राष्ट्रपतिका साथै उनका दर्जनजति सहयोगी र सचिव जान सक्छन् । यो बंकरमा जम्मा ३० जनाका लागि ठाउँ छ ।
९÷११ आक्रमणका क्रममा ह्वाइट हाउस बंकरमा तैनाथ हुने मरीन रोबर्ट डार्लिङका अनुसार अमेरिकी अधिकारीले राष्ट्रपतिसमेत शीर्षस्थ व्यक्तिका लागि बंकरमा बस्ने व्यवस्था मिलाएको छ ।
डार्लिङ भन्छन्, “११ सेप्टेम्बरमा भएको अमेरिकामाथिको आक्रमणमा डिक चेनीले बंकरबाट काम गरिरहेका थिए । उनीसँग उनकी श्रीमती, राष्ट्रिय सुरक्षा सल्लाहकार कोन्डोलीजा राइस, रक्षा सचिव डोनल्ड रम्सफील्डसमेत केही अन्य व्यक्ति थिए । यस्तै तत्काली राष्ट्रपति जर्ज बुस एयर फोर्स वनमा थिए ।”


कांग्रेस सदस्यका लागि बनाइएको यो बंकर अब एउटा पर्यटकीय गन्तव्य भएको छ ।

कांग्रेस सदस्यका लागि पश्चिमी भर्जिनियामा ह्वाइट सल्फर स्प्रिङ्स नजिकै ग्रिनब्रायर रिसोर्टमा एउटा बंकर छ ।
यो बंकरको नाम प्रोजेक्ट ग्रिक आइल्यान्ड थियो र दशकौंदेखि प्रयोग भइरह्यो । तर यसको नाम सन् १९९२ मा बंकरको प्रयोग सकिएपछि सार्वजनिक भयो ।

परमाणु आक्रमणबाट बंकरले बचाउन सक्छ ?
भर्जिनियामा माउन्ट वेदरनजिकका स्थानीय यसलाई डुम्सडे सिटी अर्थात प्रलयको दिनको शहर भन्छन् ।
ब्लुमाउन्ट भर्जिनियास्थित १७५४ फिटको माउन्ट वेदर डाँडालाई राष्ट्रपति र उनका सहयोगीका लागि बंकरमा परिवर्तन गरियो ।


सीआईए र एफबीआईका शीर्ष अधिकार ह्वाइट हाउसको मुनि रहेको बंकरजस्तै संरचनामा बसेर जर्ज बुसको वक्तव्य सुन्दै ।

माउन्ट वेदरको रेखदेख अमेरिकी ‘फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी’ अर्थात फेमाले गर्छ । यसलाई सेप्टेम्बर २००१ म अल–कायदाको आक्रमणपछि सुरु गरिएको थियो ।
फेमा निर्देशकले अक्टोबर, २००१ मा कांग्रेसका अघि दिएको वक्तव्यमा भनेका पनि थिए, यद्यपि उनले योभन्दा विस्तृत जानकारी दिएनन् ।
माउन्ट वेदरदेखि पीनट आइल्यान्ड र मार–ए–लागो बंकरलाई शीत युद्धका क्रममा निर्माण गरिएको थियो ।


ट्रंपले यो बंकरलाई सन् १९८५ मा किनेका थिए ।

‘मार ए लागो’ बंकर सन् १९५० को सुरुआतमा रईस महिला, मर्जरी मेरीवेदर पोस्टले निर्माण गरेकी थिइन् । पोस्टले कोरियासँग युद्ध हुने आशंका गरेकी थिइन् ।
ट्रंपले यो सम्पत्ति सन् १९८५ मा किने । उनीसँगै यो बंकरमा गएका ६.५ फिटका प्रोजेक्ट म्यानेजर वेस ब्लेकम्यानका अनुसार यो बंकरमा जानु कुनै पुरातात्विक खोज गरेझैं थियो ।
ब्लाकम्यान भन्छन्, “उनीहरूलाई थाहा थिएन, बंकरको क्षमताका विषयमा किन लगातार काम भइरहेको छ, किनकि जब महायुद्ध जस्तै केही हुन्छ तब बच्नका लागि कुनै ठाउँ हुँदैन ।”
यस्तै वन नेशन अंडरग्राउन्ड किताबकी लेखिका क्यानेथ रोज भन्छिन्, “यदि बंकरमाथि सिधा आक्रमण भयो भने कुनै पनि प्रकारको बचाउ काम लाग्दैन । किनभने उर्जा र तामक्रम निकै धेरै हुनेछ ।”



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved