म्यानचेस्टर युनाइटेड न्यू क्यासलसँग पराजित

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  इङ्गलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड न्यू क्यासलसँग पराजित भएको छ । न्यू क्यासलले आफ्नो घरेलु मैदानमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १–० को हार चखायो ।

खेलको ६५ औं मिनेटमा न्यूक्यासलका एम रिचीले गरेको गोल नै निर्णायक बन्यो । अंक तालिकामा म्यानचेस्टर सिटी ७२ अंकसहित पहिलो स्थानमा छ । ५६ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–० ले हराएको छ । लिभरपुलको जितमा रोबर्टो फिरमिनोले छैटौं र मोहम्मद सालहले ४२ औं मिनेटमा गोल गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved