हङकङमा बस दुर्घटना, १९ जनाको मृत्यु

  • प्रकाशित मितिः माघ, 28, 2074
  • पहिलो किताब संवाददाता

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको डबल डेकर बस दुर्घटनामा कम्तिमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १४ पुरुष ४  महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ । थप एक पुरुषको भने अस्पतालले ढिलो गरी मृत्यु भएको घोषणा गरेको च्यानल न्युज एसियाले उल्लेख गरेको छ । 

घटनामा ६३ पुरुष र ३ महिला घाइते भएको जनाइएको छ । उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घटनाको अनुसन्धान शुरु गरिएको छ ।

घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल पुगेका थिए । मृत्यु भएका र घाइते भएका अधिकांश बसको अपरडेकमा यात्रा गर्नेहरू रहेको हङकङ फायर डिपार्टमेन्टका चेन हिङ युले संवाददातालाई बताएका छन ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved