डेविड ब्याकह्यामले स्थापना गरे व्यावसायिक क्लब

  • प्रकाशित मितिः माघ, 16, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । चर्चित खेलाडी डेभिड बेकह्यामले व्यवसायिक फुटबल क्लबको स्थापना गरेका छन् । इंग्ल्याण्डका पूर्व कप्तान समेत रहेका बेकह्यामले अमेरिकाको मायामीमा क्लब स्थापना गरेका हुन् ।

लामो समयको योजनापछि उनले आफ्नै लगानीमा क्लबको स्थापना गरेका हुन् तर, क्लबको नाम भने अझै राखिसकेका छैनन् । मेजर लिग सकरका कमिश्रर डनद गार्बरले सहमति दिईसकेकाले यो क्लबले अमेरिकी शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकरमा भाग लिन पाउनेछ ।

अमेरिकाको मेजर लिग सकरमा अहिले २३ क्लब रहेका छन् । यसको संख्या बढाएर २८ पुर्याउने तयारी भईरहेको बेला बेकहामले पनि आफ्नो टिमलाई यो लिगमा दर्ता गराउन सफल भएका हुन् ।

क्लबले मायामीमै करिब २५ हजार दर्शक क्षमताको रंगशालामा होम म्याचहरू खेल्ने छन् । २००७ देखि अमेरिकाको एलए ग्यालेकसीबाट ब्यवसायिक फुटबल खेलेका बेकह्यामले क्लबको सोमबार स्थापना गरेका हुन् । बेकह्यामको क्लब स्थापना समारोहमा विश्व चर्चित विभिन्न खेलका खेलाडीहरूको उपस्थिति रहेको थियो । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved