पिएसजी फ्रेन्च कपको अन्तिम १६ मा

  • प्रकाशित मितिः माघ, 11, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । साबिकको बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा गुईनगाम्पलाई ४ – २ ले हराउँदै पिएसजी प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन एड्रिन राबिओट, जाभियर पास्टोरे र मार्क्वीनहोसले समान एक एक गोल गरे । पिएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो । गुईनगाम्पका लुकास डिअक्सले आत्मघाती गोल गरेका थिए । त्यस्तै गुईनगाम्पका मार्कुस थुराम र एनी निग्बाकोटोले एक एक गोल फर्काएका थिए ।

फ्रेन्च कप फुटबल अन्तर्गत नै बुधबार राति मोनाकोलाई ३ – २  ले हराएर लियोनले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ । यस्तै ट्रोयस, मेन्ट्स र मोन्टपेलियरले पनि फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनाएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved