सिक्किम युनाइटेडलाई हराउँदै धरान फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

  • प्रकाशित मितिः माघ, 10, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/ धरान फुटबल क्लब १६ औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिक्किम युनाइटेड एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै धरान क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा धरानको जितका लागि रोमन लिम्बु, सौजन लिम्बु र धिरेन लिम्बुले गोल गरे । 

पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा धरानले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो । खेलको ६२ औं मिनेटमा रोमन लिम्बुले गोल गर्दै धरानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १ मिनेटपछि नै सौजन लिम्बुले गोल गर्दै धरानलाई दोब्बर अग्रतामा पुर्याएका थिए ।

खेलको ७५ औं मिनेटमा धिरेन लिम्बुले गोल गर्दै धरानलाई ३–० गोलको जित दिलाएका हुन् । पराजित सिक्किम युनाइटेड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब सुदूरपश्चिम ११ सँग ३–० गोलले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगितामा १० स्वदेशी र २ विदेशी गरी १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, विभागीय टिम आर्मी, नेपाल पुलिस, एपीएफ, संकटा, धरान फुटबल क्लब, सुदूरपश्चिम एघार, आयोजक सहारा क्लब, थ्रीस्टार, धनगढी र झापा एघारले सहभागिता जनाएका छन् । विदेशी क्लबमा भारतको युनाइटेड सिक्कम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ७ लाख १ हजार र ट्रफि पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान हिरो ड्यास स्कुटर पाउने छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved