इलाममा विद्यार्थीसँग प्रहरीको एक दिन

  • प्रकाशित मितिः फाल्गुन, 11, 2075
  • नवराज कट्टेल

जिल्ला / प्रहरी कार्यालय ईलामले बिद्यार्थीहरुलाई लक्षित गरी “प्रहरीसँग एक दिन“कार्यक्रमको थालनी गरेको छ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको हो ।


यो कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरी कार्यालयमा भ्रमण गराई प्रहरी कार्यालयमा प्रबेश देखी जनतासंग प्रत्यक्ष सरोकार राख्‍ने शाखाहरु, नागरीक सहायता कक्ष, प्रहरी कन्ट्रोल रुम, महिला तथा बालबालिका सेवा कक्ष, हिरासत कक्ष लगायतको अवलोकन भ्रमण गराई प्रहरीका बिबिध बिषयहरुमा जानकारी दिईने छ ।

आम नागरीकहरुको सेवा र सुरक्षामा २४ सै घण्टा खटिने प्रहरी जनताको सेवक हो शासक होईन भन्ने कुराको जानकारी गराउने उदेश्य अनुसार यो कार्यक्रमको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

बिद्यार्थीहरुलाई मात्र यस्ता कुराहरुको जानकारी दिन सकेमा हरेक घर–घरमा चेतना फैलाउन सकिने लक्ष्य र उदेश्यका साथ बिद्यार्थीहरुलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा, प्रहरी–विद्यालय सम्पर्क समितिको संरचना र काम कर्तव्य तथा अधिकार, बालबालिकाका लागि आधारभूत सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग एवं समाजमा शान्ति सुस्व्यवस्था कायम गर्न र अपराध नियन्त्रण, रोकथाम तथा न्युनिकरणमा विद्यार्थीको भूमिकाको विषयमा जानकारी दिदै आएको उनले बताए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved