फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ को पोल्टामा

  • प्रकाशित मितिः माघ, 1, 2075
  • पहिलो किताब संवाददाता

हिलिहाङ / झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दैै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै झापाले नगद रु चार लाख हात पाएको छ भने उपविजेता बनेको आर्मीले रु दुई लाख पाएको छ ।

झापालाई जिताउन पूजन उपरकोटी एक्लैले खेलको २३ औँ र ८३औँ मिटेमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२औँ मिनेटमा सान्त्वनामार्फत एक गोल फर्काए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्तामले यमाहको १२५ सिसीको मोटरबाइक प्राप्त गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका राजीव गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए । यस्तै हाई स्कोरर झापाका कर्ण लिम्बू भए । बेस्ट फरवाड झापाका दिलेन लोक्ताम, बेस्ट मिड फिल्डर झापाकै पूजन उपरकोटी, बेस्ट डिफेन्स आर्मीका युद्ध साही घोषित भए । राइजिङ प्लेयर आयोजक फिदिम स्पोटिङ क्लबका प्रबीन जवेगु भए भने बेस्ट कोच झापाका प्रवेश कटुवाल भए । गत पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved