हत्याको योजना बनाएर काठमाडौँ आएका एक युवक पेस्तोल र गोलीसहित पक्राउ

  • प्रकाशित मितिः भदौ, 24, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई भक्तपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।

राजधानीमा व्यक्ति हत्याको योजना बनाएर आएका बारा फेटा गाउँपालिका(३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सोमबार राति साढे ८ बजे पक्राउ गरेको हो।

जगाती क्षेत्रमा बास बस्नका लागि होटल खोज्दै गर्दा साहलाई पक्राउ गरिएको भक्तपुर परिसर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार उनीबाट एक थान कटुवा पेस्तोल र त्यसको पाँच राउन्ड गोली बरामद गरिएको छ।

राजधानीमा हत्याको योजना लिएर बारादेखि नै हतियार बोकेर आएको सूचना पाएपछि हामीले उनलाई पक्राउ गरेका हौं,’ प्रधानले भने।

बेलुका बास बसी भोलिपल्ट हत्या गरी भाग्ने उनको योजना रहेको प्रहरीले जनाएको छ।

उनी बाराबाट सोमबार नै काठमाडौं आएका थिए।

पक्राउ परेका साहलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved