भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

  • प्रकाशित मितिः श्रावण, 27, 2076
  • पहिलो किताब संवाददाता

कालिकोट / जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला कर्णबिर शाहीलाई भालुले आक्रमण गरेको हो। भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताए। ‘शाहीलाई गाउँमा नै भालुले आक्रमण गरेको हो।

उनले भने,‘शाहीको अवस्था गम्भीर छ। थप उपचारका लागि सुर्खेत लगिएको छ।’ गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष शाहीले बताए। ‘गाउँमा मकै प्रसस्त हुन्छ। मकै खान भालु गाउँमा पसेको हुनुपर्छ।’ उनले भने,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन्।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved