पहिरोमा पुरिएर भोजपुरमा दुईको मृत्यु

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

भोजपुर / भोजपुरमा लगातार परिरहेको पानीका कारण पहिरोमा पुरिएर र घर भत्कँदा रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकामामा २ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राईको घरमा सुतिरहेको अवस्थामा घर भत्किएर पुरिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । दुवै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै पानी परिरहेकाले भोजपुरमा हवाई तथा सडक यातायात ठप्प भएको छ ।

भोजपुर लेगुवा सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । ग्रामीण सडकहरुमा पनि गाडी कुदेका छैनन् । वर्षातले जमिन चर्किन, भासिन थाल्नुका साथै खोला नदी बढेकाले विपदको उच्च जोखिम बढेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved