ब्रेकफेल भएको बसको ढोकाबाट हाम फाल्दा ६० वर्षीय वृद्धको गयो ज्यान

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

धनकुटा / ब्रेकफेल भएको बसको ढोकाबाट हाम फाल्दा एक वृद्धाको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ कातिकेमा धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हाम फाल्दा उनको मृत्यु भएको हो ।

कोशी राजमार्गअन्तर्गत धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख७१६९ नम्बरको बस ब्रेकफेल हुँदा बसमा सवार अन्दाजी ६० वर्षीय वृद्ध यात्रु बसको ढोकाबाट हाम फालेका थिए । उनको पहिचान भने खुल्न नसकेको छैन ।

बिहान करिब १२ बजे बसको ढोकाबाट हाम फालेर गम्भीर घाइते भएका उनी उपचार क्रममा उनी लागि धरान स्थित वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

अन्य बसमा सवार ४ घाइते भएका छन् । उनीहरुको धरान स्थित वी.पी प्रतिष्ठानमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved