अनलाइन जोखिममा बालबालिका

  • प्रकाशित मितिः माघ, 23, 2074
  • पहिलो किताब संवाददाता

इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरहेका छन् ।

बालबालिकाले अनलाइनमार्फत अपरिचित व्यक्तिबाट अश्लील फोटोरभिडियो आउने, नग्न तस्बिर माग्ने, अनावश्यक भेट्न बोलाउने, धम्की दिनेजस्ता दुव्र्यवहार खेप्ने गरेका छन् ।

कामकाजी अभिभावकले बच्चालाई समय दिन नसक्दा मोबाइल, ट्याब र ल्यापटपजस्ता सामग्री किनिदिने गरेका छन् ।

तिनमा बालबालिकाहरूले गेम खेल्न, च्याट गर्न, गीत सुन्न स्कुलको गृहकार्य गर्न इन्टरनेट चलाउने गरेका छन् ।

तर ती सामग्रीको सदुपयोग वा दुरुपयोग गरेकोबारे अभिभावकले चासो नदिँदा उनीहरू अनलाइन यौनहिंसाको सिकार बनिरहेको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालको भनाइ छ ।

बालकल्याण समितिको बाल हेल्पलाइनमार्फत यस आर्थिक वर्षमा मात्रै १७ वटा अनलाइन बाल यौन दुव्र्यवहारका घटना दर्ता भएका छन् ।

सबै घटनामा बालिका मात्रै पीडित भएको हेल्पलाइन कार्यक्रम अधिकृत सागर भण्डारीले बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved