झापामा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

  • प्रकाशित मितिः चैत्र, 5, 2075
  • पहिलो किताब संवाददाता

झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मे ८ प ८८०६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी नगरपालिका–६ बस्ने २५ बर्षिय संजिब बि.क. र पछाडी सवार बर्ष २० को निशान राई त्यसैगरी मे ५ प ६४१४ नम्बरको मोटरसाईकल चालक तत्काल पहिचान खुल्न नसकेका १ पुरुष घाइते भएका हुन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट तारावारीबाट प्रहरी टोलीले घाइते तीनै जनालाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएको थियो । उक्त अस्पतालमा उपचार हुुन नसकेपछि उनीहरुलाई थप उपचारको लागि बिराटनगर स्थित न्यूरो अस्पताल ल्याईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved