झापाका किसानलाई हाइब्रिड मकै खेतीका लागी अनुदान

  • प्रकाशित मितिः फाल्गुन, 23, 2075
  • पहिलो किताब संवाददाता

झापा / कृषि ज्ञान केन्द्र भद्रपुरले आर्थिक वर्ष २०७५÷७६ मा हाइब्रिड मकैखेती विस्तारका लागि १५ संस्थालाई रु ४५ लाख अनुदान रकम प्रदान गरेको छ । हाइब्रिड मकैखेती विस्तार आयोजना कार्यक्रमअन्तर्गत नगद प्रोत्साहनमा आधारित माग गर्ने कृषक समहू, कृषि सहकारी र उद्यमीको स्वीकृत क्षेत्रफलमा आधारित रहेर सो अनुदान वितरण गरिएको हो ।

अनुदान रकम लिन सफल हुनेमा सबैभन्दा बढी कचनकवल गाउँपालिका र दोस्रोमा झापा गाउँपालिका रहेको केन्द्रका कृषि प्राविधिक शालिकराम भट्टराईले बताए । उनका अनुसार २० हेक्टर क्षेत्रफल रहेको जमीनलाई एक क्लस्टर बनाएर प्रतिसंस्था रु तीन लाख रकम अनुदान प्रदान गरिएको छ ।

अनुदान पाउने संस्थामा कचनकवल गाउँपालिका साना किसान सहकारी संस्था, हेल्लो कृषक समूह, जलउपभोक्ता कृषि सहकारी संस्था र दुर्गा लक्ष्मी साना किसान कृषि सहकारी संस्था रहेका छन् । अर्जुनधारा–८ को हात्तीकिल्ला कृषक समूह, ९ र १० नं वडाका उद्यमी कृषक, भद्रपुर–३ का उद्यमी कृषक, बिर्तामोड ९ र ७ का कृषक र कनकाई नगरपालिकाको प्रगतिपथ कृषि सहकारी संस्था रहेको प्राविधिक भट्टराईले बताए ।

झापा धानपछि मकै खेतीका लागि उर्वरभूमि भएको बताउँदै प्रमुख भट्टराई भन्छन्, “भारतबाट वर्षेनी ठूलो परिमाणमा भित्रिएको मकैलाई निरुत्साहित गर्न र किसानलाई प्रोत्साहित गर्न सरकारले अनुदान रकम वितरण गरेको हो । उनले हाइब्रिड जातको मकै ‘दाना’ बनाउन उपयुक्त हुने हुँदा विशेषगरी सरकारले हिउँदे मकै उत्पादनमा ध्यान दिएको बताए । झापामा मकैखेतीका लागि हावापानी अनुकूल रहेको हुँदा प्रतिहेक्टर छ देखि सात टनसम्म मकै फल्ने अपेक्षा गरिएको भट्टराईले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved